Skip to content

Instantly share code, notes, and snippets.

@techgaun
Last active January 27, 2016 14:25
Show Gist options
  • Select an option

  • Save techgaun/9ee0d2af79d420232356 to your computer and use it in GitHub Desktop.

Select an option

Save techgaun/9ee0d2af79d420232356 to your computer and use it in GitHub Desktop.
deusi bhattaune
ए भन मेर भाई हो, देउसी रे !
ए राम्ररी भन, देउसी रे !
ए स्वोर मिलाई भन, देउसी रे !
ए यो घर कत्रो, देउसी रे !
सिंह दरबार जत्रो, देउसी रे !
यो आँगन कत्रो, देउसी रे !
टुँडिखेल जत्रो, देउसी रे !
हामी त्यसै, देउसी रे !
आएका हैनौँ, देउसी रे !
बली राजा ले, देउसी रे !
पठाएका, देउसी रे !
ए रातो माटो, देउसी रे !
चिप्लो बाटो, देउसी रे !
लड्दै पड्दै, देउसी रे !
आएका हामी , देउसी रे !
ए आकाशको तारा, देउसी रे !
ए सेल खाने दारा, देउसी रे !
ए छाना माथी घिरौला, देउसी रे !
के के दिन्छन हेरौला, देउसी रे !
ए बनमा रैछ सल्ला, देउसी रे !
ए तातो रोटी मिल्ला, देउसी रे !
ए सुपारिको कुड्को, देउसी रे !
हाम्रो भाई पुड्को, देउसी रे !
ए छाना माथी तबेला, देउसी रे !
ए हामलाई भयो अबेला, देउसी रे !
ए यहाँ मात्र हैन, देउसी रे !
चौध अन्चल्, देउसी रे !
पचहत्तर जिल्ला, देउसी रे !
पुग्नु छ, देउसी रे !
ए आए आए, देउसी रे !
ए ल्याए ल्याए, देउसी रे !
ए ल्याउनै लागे, देउसी रे !
यो साल आउँदा, देउसी रे !
सिमेन्टको छानो, देउसी रे !
अर्को साल आउँदा, देउसी रे !
सुन को छानो, देउसी रे !
ए यो घरैमा, देउसी रे !
लक्ष्मी ले, देउसी रे !
बासै गरुन्, देउसी रे !
ए फलोस्, फुलोस्, देउसी रे !
खुशीयाली छावस्, देउसी रे !
तिहारको हार्दिक मंगलमय शुभकामना ।
घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
अनी तिहार तपाईँको खास होस्
तिहारको हार्दिक मंगलमय शुभकामना ।
***************************************
मासको बारा,
मुलाको अचार,
औँसिको कालो रातमा दियोको बहार
खुशी को लहर,
शुभकामना तपाईंलाई शुभ तिहार ।
***************************************
तिहार आयो, खुशीयाली छायो,
दियो बाल्यौं, सबै झिलिमिली भयो,
देउसी भैलो खेल्यौं, रमाइलो भयो,
सबैजना भेला भयौँ, खुशीयालिको मौसम छायो,
यसरी नै जिन्दगीमा सधैँ बहार आवस्,
शुभ तिहार !
***************************************
आशिर्वाद ठुलाको,
माया साथी- भाईको,
सत्भाव इष्ट-मित्रको,
अपार महिमा माताको,
सधैँ रहिरहोस सबैमा….
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।
***************************************
लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना !!!
धनधान्यकी देवी लक्ष्मी माताले तपाँईको घरमा बास गर्नुका साथै परिवार, इष्ट-मित्र तथा साथी भाईमा सुख, शान्ति र सम्वृद्धिको कृपा सधैँ रहिरहोस ।
***************************************
बत्ती र दियोको झिलिमिली साझ्
देउसी र भैलो गीतको माझ्
हर्षका साथ मनाउ यो चाड
शुभ दिपावलिको हार्दिक शुभकामना ।
Sign up for free to join this conversation on GitHub. Already have an account? Sign in to comment